SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

भारतीय पर्यटकले पोखरा भरिभराउ, फेवातालमा एकैदिन ७ हजारसम्मले गरे डुंगा सयर

सामान्यतः वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मानिने नेपालमा यस वर्ष भने भारतीय पर्यटकको उल्लेख्य आगमनले पर्यटकीय गतिविधि असाधारण रूपमा बढेको छ। विशेषगरी पर्यटकीय राजधानी मानिने पोखरा यतिबेला भारतीय पर्यटकले भरिभराउ बनेको छ। लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा होटल, रेस्टुरेन्ट, डुंगा व्यवसायदेखि ट्रेकिङ क्षेत्रसम्म उच्च व्यस्तता देखिएको छ।