SHARE
कालिका खबर · शनिबार ३० जेठ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

छोटो समयमा नै वालेन सरकारप्रति जनतामा निराशा चुलियो, जेन–जी हत्याराहरूले उन्मुक्ति पाए : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाह नेतृत्वको सरकार क्रमश असफल बन्दै गएको बताएका छन् । दुई तिहाई जनमतसहित सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको रास्वपा र यसको नेतृत्व प्रधानमन्त्री वालेन साहसामू निरीह देखिएको साहको टिप्पणी छ । आज (शनिबार) वीरगञ्जमा आयोजित पार्टीको मधेश प्रदेशको विस्तारिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताले दुई तिहाई मतसहित रास्वपालाई अभूतपूर्व जिम्मेवारी सुम्पिएकोले नेपाली जनताले धैर्यतापूर्वक सरकारको कदमलाई नियाँलेको र सकारात्मक कामको अपेक्षा गरेको भएपनि सरकार बनेको छोटो समयमा नै निराशा चुलिएको उनको टिप्पणी छ ।