SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन- नेता लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं रास्वपा बागमती प्रदेश सभापतिका उम्मेदवार डा. अच्युतम लामिछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ व्यवस्था लागू गर्न नहुने बताएका छन् । शनिवार पार्टीको बाग्मती प्रदेशको अधिवेशनको क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै उनले उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य नै सीमित हुने बताए ।