काभ्रे बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत
काठमाडौँ : काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। शनिबार दिउँसोसम्म मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।
