फिफा विश्वकपका लागि पूर्वअभ्यास गरिरहेको इङ्गल्याण्ड टोलीको उपकरण चोरी
फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा रहेको इङ्गल्याण्डको पूर्वअभ्यास क्याम्पबाट स्वोप सकर भिलेजमा उपकरणहरू ढुवानी गर्ने क्रममा भएको थियो । जहाँ शनिबार क्यान्सास सिटीमा प्रशिक्षणको लागि टोली आइपुग्नु अघि सेटअप पूरा गर्ने उद्देश्य राखिएको थियो ।
