जंगली जनावरको आतंकले किसान आक्रोशित छन्, सरकार उदासीन : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण कृषिबालीमा भइरहेको क्षतिबाट किसानलाई जोगाउन ठोस राष्ट्रिय नीति आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो बताएका हुन् । ‘यतिबेला किसानहरु जंगली जनावरले पुर्याएको कृषिबालीको क्षति देखाएर रोइरहेको आक्रोश पोखिरहेको दृष्यले सबैलाई उद्देलित बनाइरहेको छ । तर राज्यका निकायहरु अभिसन्धी र कानूनका कारणले ती दृष्यबाट विमुख भइरहेका छन् । तर यस्तो लाचारी कहिलेसम्म ?’ पोखरेलले भने, ‘अन्तरार्ष्ट्रिय अभिसन्धि र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित होइन ।
