बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
सेफ सन्तोष साह पक्राउ परेका छन्। शुक्रबार राति उनलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो।
