SHARE
कालिका खबर · शनिबार ३० जेठ २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए

कैलाली : कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए । उनका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जिवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत भिमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचना भत्काइएको हो ।