SHARE
Samata Press · शनिबार ३० जेठ २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

इप्पान निर्वाचनमा मोहन डाँगी अध्यक्ष, शंकर बस्याल कोषाध्यक्षमा निर्वाचित

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार अध्यक्षमा मोहनकुमार डाँगी स्वतः निर्वाचित भएका छन् । संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ मा व्यवस्था गरिएअनुसार मोहनकुमार डाँगी संस्थाको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट स्वतः अध्यक्षमा चयन भएका हुन् ।वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् ।