सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ
काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो । गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए । चेक अनादर ठगी कसुरमा उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।
