निजामती ट्रेड युनियन खारेजीको बाटो खुल्यो: सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी ल्याएको कानुनी व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतका आधारमा उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै सरकारलाई ट्रेड युनियन खारेजीको प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।
