SHARE
पर्दाफास · शुक्रबार​ २९ जेठ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

ट्रेड युनियन खारेज गर्न सरकारलाई बाटो खुल्यो

ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरु डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा जेठ २० गते सुरु भएको सुनुवाइ शुक्रबार सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो।