‘एन्कर पावर हंगामा २०२६’ का विजेता घोषणा, बम्पर उपहारमा डोङफेङ नाम्मी बक्स कार
काठमाडौं । र द्वारा सञ्चालन गरिएको ‘एन्कर पावर हंगामा २०२६’ अभियानका विजेताहरू घोषणा गरिएको छ। विजेताको छनोट काठमाडौंस्थित अरण्य बुटिक होटल मा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा प्रमुख खुद्रा विक्रेता, वितरक, सरोकारवाला तथा आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो। अभियानको सफल समापनसँगै देशभरका ग्राहकबाट प्राप्त उत्साहजनक सहभागितालाई आयोजकले सकारात्मक रूपमा लिएको जनाएको छ। नेपालभरका ग्राहकलाई सम्मान र पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानबारे बोल्दै सेलुसिटी इन्टरनेसनल प्रालिका निर्देशक अमित्राले एन्कर र साउन्डकोरमाथि निरन्तर विश्वास गर्ने ग्राहकलाई सम्मान गर्न अभियान सञ्चालन गरिएको बताए।
