विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरुमाथिको छलफल असार १ बाट सुरु हुने
आगामी आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकहरूमाथिको छलफल यही असार १ गतेबाट सुरु हुने भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही असार १ गतेदेखि ४ गतेसम्म उक्त विषयमा छलफल गर्नका लागि समय तोकिएको घोषणा गरेका हुन् ।
