SHARE
कालिका खबर · शुक्रबार​ २९ जेठ २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यतिबेला ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औँ वार्षिक साधारणसभा एवं आठाैँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। सार्वजनिक सेवा प्रवाहलाई गतिशील बनाउँदै र नागरिकमैत्री कार्य गर्ने सरकारको १०० बुँदे कार्यसूचीले प्राथमिकता प्रतिबिम्बित गरिसकेको मन्त्री श्रेष्ठले दाबी गरे। त्यसको कार्यान्वयन गर्न र परिणाममुखी बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप ३२ बुँदे निर्देशनमार्फत आफ्नो मार्गचित्र तयार गरेको पनि उनले बताए। उनले भने, ‘हामी यतिबेला ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा छौँ।