SHARE
पर्दाफास · शुक्रबार​ २९ जेठ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको कार्यशैली र करका दर हेरफेरबारे संसदीय छानबिनको माग

नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा अनधिकृत रूपमा करका दरहरू हेरफेर गरेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका छन् । शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।