औषधि बजारका चुनौतीबारे अन्तरक्रिया, अग्रज थोक व्यवसायी सम्मानित
काठमाडौं । ले ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया एवं अग्रज थोक व्यवसायी सम्मान कार्यक्रम २०८३ आयोजना गरेको छ। कार्यक्रममा औषधि व्यवसाय क्षेत्रका सरोकारवाला, व्यवसायी तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संघका अध्यक्ष गणेश नेपाल ले औषधि वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउन सरकार, नियामक निकाय तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए। उनले औषधिको सहज आपूर्ति, व्यवसायीहरूको अधिकार संरक्षण तथा गुणस्तरीय सेवा प्रवाहका लागि संघ निरन्तर क्रियाशील रहेको उल्लेख गरे।
