‘प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन’: सांसद बराल
काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा स्पष्ट धारणा दिन आवश्यक रहेको बताए ।
