SHARE
Kalo Pati · शुक्रबार​ २९ जेठ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न :‘सीमाबारे मौन किन ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् ।