प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल
काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा स्पष्ट धारणा दिन आवश्यक रहेको बताए । उनले नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर सीमा रहेको तथा दुई देशबीच ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको उल्लेख गरे । बरालले प्रधानमन्त्रीले संसदमा ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई संसदको अभिलेखबाट सच्याउनुपर्ने माग गरे ।
