सभामुखसँग हर्कको माग: ‘प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धाकधम्की दिइरहेको भन्दै रक्षामन्त्रीको खोजी गरेका छन् । उनले आज संसद बैठकमा बोल्दै रक्षामन्त्रीलाई बोलाइदिन सभामुखसमक्ष माग गरे । प्रधानमन्त्रीले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि आफूहरूले ११ औँ दिनसम्म प्लेकार्ड देखाएर विरोध जनाउँदा पनि आउने छाँटकाँट नदेखिएको साम्पाङले बताए ।
