SHARE
पर्दाफास · शुक्रबार​ २९ जेठ २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

भारतको सहयोगमा कालिकोटमा विद्यालय भवन निर्माण सुरु

भारत सरकारको सहयोगमा कालिकोटमा विद्यालय भवन निर्माण सुरु गरिएको छ । सान्नीत्रिवेणी गाउँपालिका–४ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। भारतीय राजदुतावासका अनुसार भारत सरकारको करिब ९ करोड ३० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिनेछ।