कार्कीले उर्जामन्त्रीलाई भने– आरसीओडी म्याद थप र आईपीओको गाँठो फुकाउनुस्, शैलजा आचार्यपछि इतिहास रच्ने पालो तपाईंको हो
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आरसीओडी म्याद थप र आईपीओको गाँठो फुकाइदिन उर्जा मन्त्रीलाई आग्रह गरेका छन् । वर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई ऊर्जा क्षेत्रको इतिहासमा महत्वपूर्ण काम गरेर आफ्नो नाम स्वर्ण अक्षरले लेखाउने अवसर रहेको कार्कीको भनाइ छ।
