सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो । त्सस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
