लाइका फाइभ एक्स क्यामेरा र ६,५००mAh ब्याट्रीसहित शाओमी १७ टी नेपालमा सार्वजनिक
काठमाडौं । शाओमीले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम स्मार्टफोन शाओमी १७ टी सार्वजनिक गरेको छ। लाइका फाइभ एक्स टेलिफोटो क्यामेरा, ६,५००mAh क्षमताको ब्याट्री र ‘भिजन केयर’ डिस्प्ले प्रविधिसहित ल्याइएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताको आवश्यकता लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शाओमी १७ टी मा अत्याधुनिक लाइका फाइभ एक्स टेलिफोटो क्यामेरा प्रणाली समावेश गरिएको छ। फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले उच्च गुणस्तरका तस्वीर खिच्न सक्ने दाबी गरिएको छ।
