SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

सेनाको हेलिकोप्टर दुर्घटना, २२ जनाको मृत्यु

पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।