धर्नामा बसेकालाई भेट्न माइतीघर पुगे गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेटेका छन् । बिहीबार सचिवालयका कर्मचारीसहित उनले धर्नामा बसेकाहरूलाई भेटेका हुन् । उनले आन्दोलनरतहरूको विवरण संकलन गर्नुका साथै उनीहरूको मागहरू सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन् ।
