SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले भन्छन्- नगद वितरणले मात्र गरिबी घट्दैन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगद वितरण गरेर मात्रै गरिबी नघट्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटले नगद वितरणलाई प्राथमिकता नदिएको स्पष्ट पारेका हुन् । तर सामाजिक सुरक्षाका कार्यक्रमहरू कटौती नगरिएको उनको भनाई छ । बरु केही क्षेत्रमा थप विस्तार गरिएको उनले जानकारी दिए ।