SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीलाई निष्कलको प्रश्न- कसको स्वार्थमा करको दर र आर्थिक विधेयक फेरबदल गर्नुभयो ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको ? भनी अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।