सक्षम राज्य र गतिशील निजी क्षेत्रबिचको सहकार्यमा आधारित भएर बजेट आएको छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कोभिडपछि मुलुकको अर्थतन्त्र लयमा आउन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्र केही वर्षदेखि कमजोर माग भएको अवस्थामा रहेको उल्लेख गरे । उनले भने- ‘कोभिडपछि बजारमा माग कमजोर छ । अर्थतन्त्रमा शिथिलता छ । व्यवसायीहरूको मनोबल कमजोर नै छ । माथि उठ्न सकेको छैन ।’ अर्थमन्त्री वाग्लेले कमजोर मागलाई माथि उठाउन झकझक्याउनु पर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
