SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ मा कारोबार भएको थियो । आज होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।