SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

एकचोटि पाएको मतले दम्भ नदेखाउन सरकारलाई सांसद पन्तको चेतावनी

नेपाली काँग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने भन्दै एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो चेतावनी दिएकी हुन् । उनले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री स्वयंको धारणा आउनुपर्नेमा जोड दिए ।