‘कर छलीमा अर्थमन्त्रीले झुट बोले’: शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारको कर छलीको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले झुट बोलेको बताएका छन् । ‘कर छलीको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नु भएछ’ नेता शाहीले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने ।
