SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई बागमतीको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा अघि बढाइएको छ । पशुपतिनाथ मन्दिरकै स्वरूपमा निर्माण गरिएको १० कठ्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ ।