SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

सरकार जेनजी पुस्ताको ‘स्पिरिट’अनुसार चल्न सकेनः कुलमान घिसिङ

काठमाडौं । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाहरूको स्मृतिमा उज्यालो नेपाल पार्टीले दीप प्रज्वलन गरेको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले मंगलबार साँझ त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा शहीदहरूको स्मृति तथा सम्मानमा दीप प्रज्वलन गरेको हो ।