हर्कराज राईको कटाक्ष- ‘खुट्टाको घाउ छोडेर नयाँ जुत्ता किन्ने बजेट आयो’
प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हुन् ।
