SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर ५० सिनेमा हल थप्ने बोर्डको योजना

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहालले विगत ५६ वर्षदेखि प्रतिक्षामा रहेको नयाँ चलचित्र ऐन वर्तमान सरकारको कार्यकालमा निर्माण हुनु खुशीको कुरा भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चलचित्र उद्योगलाई व्यवस्थित र नियमवद्ध बनाउनका लागि नयाँ ऐन र नियमावली कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरेका हुन् ।