सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रति तोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
