SHARE
Kalo Pati · बिहीबार २८ जेठ २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

‘करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु’:अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । यदि प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको उनले बताए । आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे ।