SHARE
Kalo Pati · बिहीबार २८ जेठ २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै ऐन निर्माणको प्रक्रिया सुरु

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले मन्त्रालय शून्य अवस्थाबाट सञ्चालन सुरु गर्नुपर्ने भएकाले आधारभूत संरचना र कानुनी व्यवस्था निर्माणलाई प्राथमिकता दिइएको बताएका हुन् ।