SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै ऐन निर्माणको प्रक्रिया सुरु

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले मन्त्रालय शून्य अवस्थाबाट सञ्चालन सुरु गर्नुपर्ने भएकाले आधारभूत संरचना र कानुनी व्यवस्था निर्माणलाई प्राथमिकता दिइएको बताएका हुन् ।