SHARE
Kalo Pati · बिहीबार २८ जेठ २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

अपरेशन एक्सट्रिम-१ : ‘एक्सट्रिम’ र ‘म्याक्स टाइगर’का नाममा मन्द विषको व्यापार, इनर्जी कम, एलर्जी अपार !

काठमाडौँ । देशमा केहि समय यता एउटा ‘झुटको खेती’को व्यापार चलिरहेको छ । किराना पसलदेखि, लोकल भट्टीसम्म, डान्स बारदेखि दारुका दोकानहरुसम्म । बेचिराखिएको छ एउटा कथित इनर्जी ड्रिङ्क, जसले शरीरमा इनर्जी कम, एलर्जी बढी दिन्छ । हो, यो कहानी सिरिज सुरु हुन्छ, एक्सट्रिम एनर्जी ड्रिङ्कका नाममा देशभर भईरहेको अखाध्य झोलको तीतो यथार्थबाट ।