SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

आजदेखि सुरु हुँदै फुटबलको महाकुम्भ

फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै छ । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ । यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ ।