‘परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य, प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत’: सांसद हमाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति राष्ट्रहित र नेपालको भू–अखण्डता विरुद्ध रहेको आरोप लगाउँदै परराष्ट्रमन्त्रीको स्पष्टीकरण आफ्नो दललाई स्वीकार्य नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमाका विषयमा संसदभित्र विभाजित भएर छलफल गर्नुपरेको अवस्थाप्रति दुःख व्यक्त गरे।
