SHARE
कालिका खबर · बुधबार २७ जेठ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

जिलीले सार्वजनिक गर्दै नयाँ हाइब्रिड सेडान ‘एम्ग्रान्ड आई-एचइभी’, इन्धन दक्षतामा विश्व कीर्तिमान

काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी ले आफ्नो पाँचौँ पुस्ताको ‘एम्ग्रान्ड आई-एचइभी’ हाइब्रिड सेडान कार आगामी जुन १६ मा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार नयाँ मोडेलमा विश्वकै उच्च ४८.४१ प्रतिशत इन्जिन थर्मल दक्षता रहेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार वास्तविक सडक परीक्षणका क्रममा उक्त कारले प्रति १०० किलोमिटरमा मात्र २.२२ लिटर इन्धन खपत गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। नयाँ पुस्ताको विश्वव्यापी मोड्युलर आर्किटेक्चरमा आधारित यस कारमा दुईवटा मोटर तथा अत्याधुनिक ११-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ।