SHARE
कालिका खबर · बुधबार २७ जेठ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

इरानले गर्‍याे अमेरिकी सैन्य आक्रमणको निन्दा

काठमाडाैँ । इरानी विदेश मन्त्रालयले बुधबार इरान विरुद्धको अमेरिकी सैन्य आक्रामकको कडा निन्दा गरेको छ। स्ट्रेट अफ हर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि, संयुक्त राज्य अमेरिकाले बुधबार इरानको दक्षिण क्षेत्रमा ‘क्रूर’ आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। इरानको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको खुल्लम–खुला उल्लङ्घनको भएको भन्दै प्रतिक्रियामा, इरानी सशस्त्र बलले आत्मरक्षाको क्रममा मध्य पुर्वमा रहेका अमेरिकी आधार र सम्पत्तिमा प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।