चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सम्पन्न
काठमाडौं । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्ड को सहकार्यमा चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। अनामनगरस्थित सिलौटो कटेजमा आयोजित तालिम जेठ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो। चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने तथा चलचित्र समीक्षा लेखनलाई व्यावसायिक र जिम्मेवार बनाउन उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा चलचित्र समीक्षा, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्याङ्कनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
