SHARE
पर्दाफास · बुधबार २७ जेठ २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

बुटवलमा चोरीमा संलग्न ८ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् ।