SHARE
पर्दाफास · बुधबार २७ जेठ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणी- मध्यमवर्गलाई सुविधा, भुइँतहका नागरिकलाई बेवास्ता गरियो

विपक्षी दलका सांसदहरुदले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मध्यम र माथिल्लो वर्गलाई बढी सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भाग लिँदै उनीहरूले यस्तो टिप्पणी गरेका हुन् ।