प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै त्यसको स्रोत र समाधानबारे ठोस विश्लेषण आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको र सदनभित्र संघर्ष जारी रहेको बताए। उनले संकट कसरी उत्पन्न भयो, यसको स्रोत के हो र यसको समाधान कसले गर्न सक्छ भन्ने विषयमा स्पष्ट विश्लेषण नगरी निकास सम्भव नभएको धारणा राखे। ‘आज देश गम्भिर राष्ट्रिय संकटको भूमरिमा फसेको छ। यो सबै तपाईं हामीले अनुभव गरेका कुराहरु छन् । यो संकटको निकासको निम्ती हप्तादिनभन्दा बढी यो सदन अवरुद्ध भएको छ ।
